Banner News

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउदै : गृहमन्त्री थापा



कार्तिक २६, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको बताएका छन ।

बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मदिरा र लागूऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताएका छन ।

म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या समाधानका लागि नीतिगत पहल गर्ने बताए ।