कार्तिक ३०, बुटवल । भारतबाट भन्सार छली नेपाल ल्याइएको सामान सहित प्रहरीले १ जनालाई पक्राऊ गरेको छ ।
बर्दघाट नगरपालिका–४, त्रिवेणीचोकमा चेकजाँच गर्ने क्रममा ६ लाख ४९ हजार भन्सार मूल्य बराबरको सामानसहित वशिष्ठ थारुलाई पक्राऊ गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका वस्तु टेन्टलगायतका सामान प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीलाई जिम्मा लगाएको छ ।










प्रतिक्रिया दिनुहोस्