विश्व

भीषण डढेलो प्रभावित क्षेत्रमा पुगे ट्रम्प



एजेंसी २, मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भीषण डढेलो प्रभावित क्षेत्र क्यालिफोर्निया पुगेका छन् ।

‘क्याम्प फायर’ डढेलोका कारण कम्तीमा ७१ जनाको मृत्यु भईसकेको जनाएको छ । एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताउदै उनले भने, “हामीले हाम्रो व्यवस्थापनमा सुधार ल्याउनुपर्ने छ र वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नेछौँ, यो डढेलो सबैले हेरेको हुनुपर्छ। मलाई लाग्छ यो हदसम्म विनाश अब हामीले फेरि हेर्नुपर्ने छैन।”

विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्‍याएका छन्।