Uncategorized

नगरपालिकामा जानै मान्दैनन् बरिष्ठ उपसचिव



सरकारले कनिष्ठ कर्मचारीको मातहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिव नगरपालिकामा जान अस्वीकार गरेका खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

समाचारका अनुसार मन्त्रालयले आफुहरुलाई मनपरी रुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनअघि १ सय ५५ उपसचिवलाई विभिन्न कार्यालय र नगरपालिकामा खटाएको थियो । तर तीमध्ये करिब १ सय उपसचिवले हालसम्म पत्र बुझन मानेका छैनन । सरकारले २ सय ४५ नगरपालिकामा शिक्षाका उपसचिव खटाउने निर्णय गरेको थियो ।