काठमाडौं, ४ मंसिर । आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी राजश्व कर बुझाउनेमा सिप्रदी र सिद्धार्थ शमशेर सम्मानित भएका छन् ।
काठमाडौंमा आज आयोजित सातौ राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर ज.ब.रा र सिप्रदी ट्रेडिङ्ग प्रालिलाई सम्मान गरिएको हो ।
सिद्धार्थ आर्थिक वर्ष २०६८ देखि २०७३/७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल भएका छन भने कम्पनी सिप्रदी पनि आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म उक्त स्थान ओगट्न सफल रहेको जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्