समाचार

यात्रुवाहक बस दुर्घटना हुदा २ जनाको मृत्यु



नवलपरासी, ५ मंसिर । पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना हुदा दुई जनाको मृत्यु, तीस जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।