समाचार

सुनसरीमा गोली हानी १ जनाको हत्या



विराटनगर, ५ मंसिर । सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ ।

बुधबार बिहान ६ः३० बजे दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर मोहम्मद फिदा हुसेनलाई  अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिएका छन ।

२० वर्षदेखि इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेखदेखगर्दै आएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।