समाचार

नोभिष बक्सिङ आजदेखि काठमाडौंमा सुरु



काठमाडौं, ५ मंसिर । नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदैछ ।

मंसिर ८ गतेसम्म नेपाल बक्सिङ संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा २५ टोलीका एकसय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाएको छ  ।

प्रतियोगिताका महिला र पुरुषतर्फ यू–१९ र गू–२४ गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । २० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट १० खेलाडीलाई प्रशिक्षणमा राखिने र बैदेशिक प्रशिक्षणमा लगिने पनि बताईएको छ ।