भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।
भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।










प्रतिक्रिया दिनुहोस्