समाचार

भक्तपुर टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



भक्तपुर, ६ मंसिर । भक्तपुरको बालकोटमा बुधबार राति टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार राति साढे ८ बजे सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोटमा कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा ४ ख ८१८२ नंं को टिपरमा सोही दिशा तर्फ जाँदै गरेको बा ९९ प ८२८२ नं. मोटरसाइकल ठोकिँदा मोटरसाइकल पछाडी बस्ने २४ वर्षीय मनोज मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मोरङ घर भई हाल काठमाडौं जडीबुटी बस्ने २३ वर्षीय राज पोख्रेल सामान्य घाइते भएका छन् ।

टिपर चालक अनिल तामाङलाई नियन्त्रणमा लिई  अनुसन्धान  भईरहेको प्रहरीले बताएका छन ।