एजेन्सी, ९ मंसिर , पेट्रोल र डिजेलको मूल्य वृद्धिको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारीहरु सरकारविरुद्ध सडकमा उत्रिएर गरेको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
फ्रान्सका जनताले सरकारविरुद्ध एक सातादेखि प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीले राजधानी पेरिसको शान्ज एलीज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । तर आक्रोशित समूहले केही गाडीहरुमा आगजनी र तोडफोड गरे भने प्रहरीमाथि ढुंगामुढासमेत गरे ।
उनीहरुले राष्ट्रपति इनम्यानुएल म्याक्रोको राजीनामा माग्दै नाराबाजी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण र बिजुलीबाट चल्ने गाडीहरुलाई प्रोत्साहन गर्नका लागि इन्धनको मूल्य बढाउनु परेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्