काठमाडौं, १० मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
ललितपुरको एन्फा कम्प्लेक्सको खेल मैदानमा विहान ११ बजेदेखि सुरु खेलमा नेपाल आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै, एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै, आजै हलचोकस्थित एपीएफको खेलमैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नै विभागीय टिम नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।










प्रतिक्रिया दिनुहोस्