राजनीति

नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं, १० मंसिर । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ । सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ ।

स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् ।