एजेंसी, १० मंसिर । न्यूजील्यान्डमा १४५ वटा ह्वेल मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्रीहाइकरले यी मृत ह्वेलको समूह देखेका थिए ।
ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा सङ्कटपूर्ण मौसमले समुद्रका यी भिमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्