काठमाडौं, १० मंसिर । काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुरबाट दमकल लगिएको छ । झण्डै एक घण्टा अघिदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्