काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कात्तिक ११ देखि शुरु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काव्य स्कुल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय—प्रहरी समन्वय समिति’ गठन गरिएको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर वृत्तका प्रहरी नायव निरीक्षक सुरेन्द्रप्रसाद बर्ताैला, अभिभावकद्धय शुशील थापा र लक्ष्मी कार्की, काठमाडौं महानगरको १० नं वडा सदस्य सतिस तण्डुकार,काव्य स्कुलका खेलकूद प्रशिक्षक प्रज्वलप्रताप क्षेत्री, विद्यार्थीहरु अनुज्ञा सापकोटा, सृष्टि लामिछाने, इशान गौतम र रोम भट्ट तथा सामुदायीक प्रहरी सेवा बानेश्वरका प्रहरी जवान उमेश कार्की रहेका छन् ।
सो समितिले लागुऔषध, साइबर क्राइम, सडक सुरक्षाका साथै अपराध नियन्त्रणबारे आफ्नो विद्यालयका साथै समुदाय लक्षित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ भने ती सबै कार्यक्रममा प्रहरीको सहभागिता अनिवार्यरुपमा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्