समाचार

विद्युत् चोर्ने ५३ जना पक्राउ



लहान, १२ मंसिर । हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ जनालाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरेको छ  ।

विद्युत् चुहावट नियन्त्रण टोलीले  सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको जनाएको छ ।

उनिहरुलाई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको छ ।