विश्व

भारतमा रक्सी खाँदा ७ जनाको मृत्यु



काठमाडौं, १३ मंसिर । भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन ।

पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले समाचार एनेन्सी पीटीआईसँग कुरा गर्दै राज्य सरकारले यो घटनाको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ ।

उनले मृत्यु हुनेका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।