काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला ३८ बुँदे ककनी घोषणापत्र जारी भएको छ ।
नुवाकोटको ककनीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको दुई दिवसीय भेलाले सदस्यता र संघीय संरचनाका तीनवटै तहमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयमा सुझावको लागि ३८ बुँदे ककनी घोषणापत्र जारी गरेको छ ।
जिल्ला संसदिय बोर्डले स्थानीय तह,प्रदेश संसदीय बोर्डले प्रदेश तह र केन्द्रीय संसदिय बोर्डले संघीय उम्मेदवारको निर्धारण गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको न्यून उपस्थिति रहेको भेलामा ६१ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति थियो










प्रतिक्रिया दिनुहोस्