एजेंसी, १४ मंसिर । रुस र युक्रेनको विवादपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन् ।
आइतबार क्राइमिया प्रायद्वीपमा रुसी सैनिकले युक्रेन नौसेनाको जहाजमा फायरिङ गर्दै कब्जामा लिएको थियो ।
ट्रम्पले भनेका छन, ‘जहाज र त्यसका नाविकलाई अहिलेसम्म फिर्ता नपठाएकाले भ्रमण रद्द भएको हो ।’
युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकोले उक्त इलाकामा जहाज पठाउनका लागि नाटोसँग अनुरोध गरिसकेका छन् । यो संकटका कारण उनले युक्रेनको सीमा क्षेत्रमा ३० दिनका लागि सैनिक कानून लागू गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्