समाचार

ए डिभिजन लिगमा एनआरटीलाई पुलिसले हरायो



काठमाडौं, १४ मंसिर । ए डिभिजन लिग फुटबलको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एनआरटीलाई हराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले न्युरोड टिम ९एनआरटी० लाई ३–० ले पराजित गरेको हो ।
एकपक्षीय खेलमा पुलिसका लागि ४० औं मिनेटमा निरकुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा पुलिसका अभिषेक रिजालले गोल गर्दै पुलिसलाई २–० को अवस्थामा पु¥याए । ८२ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले नै अर्को गोल गर्दै ३–० गोलको स्पष्ट जित दिलाएका हुन् ।