समाचार

टी–१० लिग खेलमा सन्दिपको टिम विजयी



काठमाडौं, १५ मंसिर। युएईमा जारी टी–१० क्रिकेट लिगको अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेको टीम केरला किंग्सले जित हासिल गरेको  छ ।

शुक्रबार भएको खेलमा १ सय २४ रनको विशाल लक्ष्य पछ्याएको केरालाले बेंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको हो ।

केरलाका लागि जोनी बेरस्टोले नटआउट ८४ रन बनाए । फाबियन एलनले नट आउट ११ रन, क्रिस गेल १९ रन, पल स्टरलिङ १० रन तथा कप्तान ओइन मोर्गन पहिलो बलमा नै पेभेलियन फर्किएका थिए ।

बेंगालका सुनिल नारायणले ५२ रन, रदरफोर्डले ३९ बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।