सम्पादकीय

महिला हिंसा न्यूनीकरणको सचेतना फैलाउन श्रीमतीको नाम राखेर नागरिकता



पुराना नागरिकतामा बुबाको मात्रै नाम लेखिन्थ्यो। नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरियो। पछिल्लो समयमा आमाको नाम थपेर नागरिकता बनाउने धेरै छन्। नेपालगन्जका एकजना कानुन व्यवसायीले भने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला आमा र श्रीमतीको नाम उल्लेख गरेर नागरिकता लिएका छन्।

कानुन व्यवसायी विश्वजित तिवारीले महिला हिंसा न्यूनीकरणको सचेतना फैलाउन नागरिकतामा आमा र श्रीमतीको नाम थप्नुभएको हो। अधिवक्ता तिवारीले भन्नुभयो– ‘यसले महिला र पुरुषको अधिकारमा समान पहुँच देखाउँछ।’

सूचना अभियान्तासमेत रहेका अधिवक्ता तिवारीले सबैले आफ्नो नागरिकतामा बुबा, आमा र श्रीमतीको नाम उल्लेख गर्दा समान अधिकार झल्किने बताउनुभयो। आमा र श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिने तिवारी जिल्लामा पहिलो भएको प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो। अर्का प्रशासकीय अधिकृत रामकुमार सोनकरले श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिँदा समाजमा समानताको आभास हुने भएकाले यो अनुकरणीय कार्य भएको बताउनुभयो। याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।