विश्व

नयाँ ब्यापार शुल्क निलम्बन गर्न अमेरिका-चीन सहमत



एजेन्सी, १६ मंसिर ।  ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न अमेरिका र चीन सहमत भएका छन् ।

जी(२० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार शुल्क लागू नगर्ने सहमति भएको अमेरिकाले जनाएको छ । चीनले भने जनवरी एकबाट कुनै पनि नयाँ ब्यापार शुल्क नथप्ने सहमति भएको बताएको छ ।

दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेटेका थिए ।

हृवाइट हाउसका अनुसार चीन अमेरिकाबाट कृषि, ऊर्जा लगायतसँग सम्बन्धित महत्वपूर्ण खरिद गर्न सहमत भएको छ ।