समाचार

श्रम स्वीकृति लिन अब अनलाइनमै टोकन



काठमाडौं, १६ मंसिर ।  विदेशमा काम गर्न जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।

वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन सुरु गरेको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।

हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआर्इएमएस)मा अनलाइन आवेदलन भर्नुपर्छ ।

टोकनमा तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् । तोकिएको समयमा तोकिएका सोव ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ ।