समाचार

नगद सहित १३ जना जुवाडे पक्राउ



काठमाडौँ, १७ मङ्सिर । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालमा प्रहरीले छापा मारी पाँच लाख ३१ हजार नगद सहित १३ जना जुवाडे पक्राउ गरेको छ ।

आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । राम कार्किको स्वामित्वमा रहेको गेष्ट हाउसमा जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडा समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा राज कुमार तिवारी – बारा, सुशिल क्षेत्री, चन्द्रागिरी नगरपालिका–२, नेरेन्द्र मिश्र, काठमाडौं–७, विशाल सुनार, सिन्धुपाल्चोक, जोन श्रेष्ठ, काठमाडौं–७, महेश कुमार राई, उदयपुर, राजु ब्लोन, शंखरापुर–८, मान बहादुर मगर, उदयपुर, केशव नेपाल, काभ्रे, युवराज गुरुङ, खोटाङ, दिपक राई, उदयपुर, हरी तिमल्सिना, उदयपुर, राम कार्की, धादिङ रहेका छन् ।