राजनीति

प्रधानमन्त्री ओली ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत



काठमाडौं, १६ मंसिर  । धानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले नेतृत्व र सुशासन पुरस्कार एक लाख डलर प्रदान गरेको छ ।

पुरस्कारको राशी एक लाख डलर छ । आइतबार एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।

 प्रधानमन्त्री ओलीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन ।