राजविराज, १७ मंसिर । डाकनेश्वरी नगरपालिका-३ मा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।
पश्चिमी नहरमा माछा मार्न गएका २५ वर्षीय रामबाबु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुखियाको शवलाई सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्