काठमाडौँ, १८ मङ्सिर । प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो ।
प्रदेशसभाको अबको बेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश भई पुस ८ गतेबाट मतदान प्रक्रिया सुरू हुने भएको छ । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ ।
प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई भएपनि मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा भएपनि बहुसंख्यक विपक्षमा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्