काठमाडौं, २० मंसिर । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डको पाँच दिने औपचारिक भ्रमणपछि स्वदेश फर्किएकी छिन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरे । जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान गरेकी थिइन्
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्