समाचार

फरार अभियुक्तलाई समात्न प्रहरीले गोली चलायो



काठमाडौं, २१ मंसिर । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।

इटहरीमा डकौती गरेर भागेका राजन लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो । उनको खुट्टामा गोली लागेको छ । वीर हस्पिटलको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बूबाट एउटा चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लिम्बुले इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका बताएका छन ।

लिम्बूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।