अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छीन ।
बालिकालाइ बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । स्कुल सकिएपछि घर फर्किने क्रममा थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी जनाएको छ ।
घरमा नआएपछि खोजतलासको लागि गाँउतिर जाँदा बालिका रुँदै आउन लागेको भेटेको बालिकाका बाबुले बताए । उनीहरुले छोरीसँग सोधपुछ गर्दा र शरीर जाँच गराउँदा बलात्कार भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्