समाचार

अरनिको हाईवे जगातीदेखि साँगासम्म सर्भिसट्याक खोलिनेःफोहोर फाल्नेलाई कडा कारवाही थालिने



भक्तपुर, २१मङ्सिर । अरनिको हाईवे सफाई अभियानको आज १६ औ दिन भातेढिकुरमा समापन गर्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हाईवेमा फोहोर फाल्नेलाई कडा कारवाही गरिने बताउनु भएको छ । पहिले सचेत गराउने सचेत गराउदा गराउँदै पनि अटेर गर्ने जो कोहीलाई कारवाही गर्ने वताउँदै राजमार्ग व्यवस्थित,सुन्दर,सुरक्षित, सफा र उज्यालो बनाउने प्रतिद्धता जाहेर गर्नु भयो ।

साथै उहाँदे सोमवारबाट जगातीदेखि साँगासम्म राजमार्गमा सर्भिसट्याक खोल्ने वताउँनु भयो ।
त्यसरी नै अरनिको हाईवे सफाई अभियान भक्तपुरमा तीन ठाउँबाट हुने भएको छ । जडिबुटी देखी राधेराधे, राधेराधे देखी जगाती र जगाती देखी साँगाचोक सम्म अब सफाई अभियानसंगै अनुगमनमा गाडी र स्थानीय बासीहरुलाई फोहोर नफाल्न आजबाट अनुरगर्ने कार्यक्रम रहेको अभियान्ता रुद्र पौडेलले जानकारी दिनुभयो ।

यसैबीच अनुरोध गनेसम्मको अनुगम सांसद महेश बस्नेतले व्यक्तिपरक गरिने राजनीति क्षणीक हुने भन्दै राष्ट्र र राष्ट्रियतापरक राजनीति समृद्धिको आधार हुने बताउनुभएको छ । अरनिको राजमार्ग सफाई अभियानमा बोल्दै सांसद बस्नेतले समाजलाई सुधार गर्न सर्वप्रथम आफु परिवर्तन हुने पर्ने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठि सामाजिक सेवामा जुट्न सवैलाई आग्रह गर्नुभयो । उहाँको नेतृत्वमा भइरहेको उक्त दुवै अभियानमा आफै कुचो बोकी सफाईमा हरेक दिन जनतासँग एकाकार गर्दै आइरहनुभएको छ । उहाँलले जनताका समस्या, गुनासो लगायतका कुराहरु पनि आफ्नो कामसँग सँगै सुन्ने र समस्याको समाधान गर्दै आइरहनुभएको छ ।

विरोधका नाममा राजनीति गर्नुको कुनै अर्थ नभएको बताउँदै विकास निर्माणमा सवै राजनैतिक दल, संघसंस्था, जनप्रतिनिधि तथा जनता एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणको प्रकृयामा रहेका विकासका कार्यहरुलाई कसैले पनि अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ ।

सांसद बस्नेतले भन्नुहुन्छ, ‘जनताले मलाई जिताएर पठाएका, केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन, व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो ।