सम्पादकीय

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा



सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पूर्व वन भूमिसुधारमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठेकेदार कम्पनी कालिका कनस्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमीतता भएको भन्दै आठ अर्ब रुपैयाँ भष्टाचार गरेको भन्दै अलग अलग विगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पाण्डे उक्त कन्स्ट्रक्सनका अध्यक्ष हुन्। अख्तियारले उनी विरूद्द २ अर्ब १३कराेड ७६लाख रूपैयाँ विगाे दाबी गरेकाे ।

अख्तियारले सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो। गुणस्तरहीन कामगर्ने ठेकेदार कम्पनीका पाँच जनालाई पनि मुद्दा चलाइएको छ । सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ । समाचार अाजकाे नागरिक दैनिकमा छ ।