बुटवल, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको सन्देशलाई आत्मसाथ गर्नु अहिलेको आवश्यकता रहेको बताएकी छिन ।
लुम्बिनीमा शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका बुद्धको उपदेशलाई विश्व शान्तिको भावनमा विकास गर्नुपर्ने खाँचो औंल्याइन् ।
बौद्ध विश्व विद्यालयमा अध्ययनका लागि विदेशी विद्यार्थी आर्कषित गर्ने गरी अध्यापन गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड़ दिदै बुद्धका विचाहरु जहिले पनि शान्तिको मार्गचित्रका रुपमा रहने बताइन् ।
बुद्ध र लुम्बिनी विश्वमा परिचित रहेको भन्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्व विद्यालयलाई आवश्यकता अनुसार अझ परिस्कृत बनाएर अघि बढाइनुपर्नेमा जोड दिइन् ।
लुम्बिनीमा पर्यटकको आवागमनका साथै खोज, अध्ययन र अनुसन्धानको लागि सरकारले पूर्वाधार विकास गर्नेमा ढुक्क रहने राष्ट्रपतिले आग्रह गरिन् ।










प्रतिक्रिया दिनुहोस्