समाचार

पूँजीपति बर्गले सहकारीको नाममा धेरै फाइदा लिए : अध्यक्ष विजुक्छे



भक्तपुर, २२ मङ्सिर । राम चन्द्र प्रजापती । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपालमा पुँजीपति वर्गले सहकारीको नाममा धेरै फाइदा लिइरहेको बताउनुभएको छ ।

भक्तपुर जिल्ला बचत थथा ऋण सहकारी संघ लि।को १४ औं बार्षिक सधारणभाको उद्घाटन गर्दै वेलायतमा औद्योगिक क्रान्ति, अमेरिकामा अमेरिकी स्वतन्त्रता, फ्रान्समा फ्रान्सेली क्रान्तिबाट सुरु भएको सहकारी अभियान नेपालमा पनि अहिले सहकारीको माध्यामले समाज विकासमा अगाडि रहेको जानकारी गर्नुभयो ।

कृष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष विजुक्छेले न्यून आय भएको भन्दा पूँजिपती बर्गले सहकारीको नाममा धेरै फाइदा लिइरहेको पनि चर्चा गर्नुभयो । उहाँले अर्थतन्त्र जसको हातमा लिएको हुन्छ देश उसैले कव्जामा हुने गरेको दुःख समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका सदस्य एवं राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोखरेलले आर्थिक बिकासमा अमेरिकामा ३२% प्रतिशत सहकारीको योगदान रहेको विश्वमै ११० वटा देशमा सहकारी रहेको जानकारी गर्नु भएको छ । नेपालमा ३४ हजार ५ सय १२ वटा सहकारी संस्था संचालनमा रहेको छ । ६४ लाख भन्दा बढी सदस्यमा ५२% प्रतिशत महिला सदस्य रहेको ३९% प्रतिशत महिलाले नेतृत्व गरिएकोछ । ६५० अर्व आर्थिक कारोबार रहेको नेपाल सरकारमाथि २१% प्रतिशत सहकारीको योगदानमा हिस्सा रहेको सभामा जानकारी गराउनुभयो ।

नेफ्सकुनका संचालक उद्दव सापकोटा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सघका निवर्तमान अध्यक्ष राधेश्याम सुवाल, जिल्ला कृषि सहकारी सघका अध्यक्ष सनिस लागेजु, संघका उपाध्यक्ष हरि बल्ल लगाएतले संघको १४औं बार्षिक साधारणसभामा शुभकामना दिनुयो ।

कार्यक्रममा सघका सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, लेखा सुपरिवेक्षण समिति संयोजक बाल मुकुन्द उपाध्यायले प्रस्तुत गर्नु भएको प्रतिवेदन छलफल गरि पारित भएकोछ ।