पाँचथर, २२ मङ्सिर । राष्ट्रिय विभूति, किराँत समुदायका महान समाज सुधारक तथा किराँत धर्मको धर्मगुरु फल्गुनन्द लिङ्देनको सवै भन्दा अग्लो शालिक निर्माण गरिएको छ ।
पाँचथरको सदरमुकाम फिदिममा १६ औँ फाल्गुनन्द लिङदेनको शालिक निर्माण गरिएको छ । शालिकको उचाइ १२ फिट ८ इन्च अग्लो रहेको छ ।
लिङदेनको समाधि स्थलभने धार्मिक पर्यटककीय स्थल पाँचथरको फिदिम नगरपालिका–३ को सिलौटीमा रहेको छ । जहाँबाट प्राकृतिक मनोरमका दृष्यहरु देख्न सकिन्छ । सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्गा, कुम्भकर्ण, ताप्लेजुङ्को पाथिभरा लगायत तराई, पहाडी तथा हिमाली भेगको दृष्यावलोकन गर्न सकिन्छ ।










प्रतिक्रिया दिनुहोस्