समाचार

ईपीएलमा ललितपुरसग चितवन ११ रनले पराजित



काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएटसले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ ।

खेलमा ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकालेको हो ।

चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाएपनि जित दिलाउन सकेनन् ।  चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ रन बनाउँदा भिम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा २१ रन बनाएका थिए । त्यस्तै, जर्ज स्कटले अविजित १८ रन बनाएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ बलमा २५ रन बनाएका थिए ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।