काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन)ले आगामी नेपाल इन्जिनियरिङ एशोसिएसनको कार्यकारिणी पदको निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्दै जीतको नजिक पुगेको बताएको छ ।
पिन केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले आयोजना गरेको बृहत पत्रकार सम्मेलनमा जीतको नजिक पुगेको र घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । आफ्नो प्रतिपक्षी लोकतान्त्रीक समूहले आजका दिनसम्म आफ्नो निर्वाचनको घोषणापत्र समेत बनाउन नसकेको बताउँदै आफुहरुले जीतको घोषणाको प्रतिक्षामा रहेको बताएको छ ।
आगामी २८ गते हुने ३२ औं एसोसिएसनको कार्यकारिणी निर्वाचनामा प्रगतिशिल र लोकतान्त्रीक बिच प्रतिपर्धा हुने भएता पनि प्रगतिशिल समूहलाई लोकतान्त्री समूह कुनै प्रतिपर्धा गर्न नसक्ने जनाएको छ । विगतको इतिहासँलाई हेर्ने हो भने लोतान्त्रीक समूहले आफ्नो दुनो मात्र सोज्याउने गरेको भन्दै करिव ४७ हजार इन्जिनियरहरुको हक अधिकारको बारेमा कुनै जिम्मेवारी बहन गरेको समेत आरोप लगाएको छ ।
३२ औं निर्वाचनमा ३२ ओटा घोषणा लिएर प्रस्तुत भएको प्रगतिशिल समूहले गतिशलि तथा अग्रगामी विकासको सोचका साथ सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न मूख्य भूमिका निर्वाह गर्ने बताएको छ ।
इन्जिनियर विना कुनै पनि देशको विकास असम्भव रहेको भन्दै उक्त समूहले अवका दिनमा उक्त समूहको नेतृत्वमा बनेको एशोसिएसनले आम नेपाली इन्जिनियरहरुको अभिभावकत्व ग्रहण गर्ने बताएको छ । देशमा ४७ हजार इन्जिनियरहरु भएता पनि १७ हजार मात्र समूहमा आवद्ध भएको भन्दै आगामी दिनमा सवैलाई गोलबन्द गर्दै इन्जिनियरको हक र अधिकारलाई स्थापीत गराउन जस्तोसुकै भूमिका निर्वाह गर्न पछि नपर्ने बतायो ।
आफ्नो समूहले गरेको सवै प्रतिवद्धताहरु अक्षरस पालना गर्ने बताउँदै विपक्षिका समेत राम्रा योजनाहरु ल्याएमा त्यसलाई अंगालेर जान सक्ने जनाएको छ । त्यस्तै उक्त समूहले इन्जिनियरहरुलाई विकासमुखी बनाउन हाइड्रोपावर लगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्ने समेत महत्वकाक्षि योजना सार्वजनिक गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान डिन प्रा. डा. त्रिरत्न बज्राचार्य को अध्यक्षतामा १८ जना केन्द्रीय कार्यसमितिको घोषणा गरेको छ । उपाध्यक्षमा ई. आशिष घिमिरे, महासचिवमा ई. छविराज पोखरेल, उपमहासचिवमा ई. कपिल आचार्य, कोषाध्यक्षमा ई. राम एकवाल यादव, सहकोषध्यक्षमा आ. चाँदमाला श्रेष्ठ, सदस्यहरुमा ई. प्रताप सापकोटा, ई. छविलाल अधिकारी, ई. शिव चापागाई, ई. दिलिप कुमार विश्वकर्मा, ई. टेकबहादुर कटुवाल, ई. दिपेन्द्र जम्कट्टेल, ई. ज्ञानेन्द्रप्रसाद कलौनी, ई. गजेन्द्रकुमार झा, ई. चक्र चुणमणी भट्ट, ई. रोशन भट्टराई, ई. अनिल नेपाल, आ. सुगन्ध सुवेदी रहनुभएको छ ।
त्यस्तै प्रदेश नं. ३ मा ई. नन्दलाल बञ्जाडेको सभापतित्वमा १६ सदस्यिय उम्मेदवार घोषणा गरेको छ ।










प्रतिक्रिया दिनुहोस्