काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले १३ बर्सिया निर्मला पन्त हत्या प्रकरणमा कसैको दबाबले अनुसन्धान नरोकिने बताएका छन ।
सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले भने ‘निर्मलाको हत्या अनुसन्धानमा कसैको प्रेसर छैन’, खनालले भने, ‘कसैको प्रेसरले अनुसन्धान प्रभावित हुँदैन ।’ अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै परिणाम दिने बताए ।
सांसद रायमाझीको आरोप खण्डन गर्दै आईजीपी खनालले व्यवसायिकताबाट आफू कहिल्यै तलमाथि नगर्ने भन्दै उनले भने, ‘निर्मला पन्तको अनुसन्धान जारी छ, त्यही चिन्ताले निन्द्रा पनि नपर्ने अवस्था छ’, ‘नेपाल प्रहरीको सामथ्र्यले गर्नसक्ने काम गरिरहेका छौं ।’










प्रतिक्रिया दिनुहोस्