सम्पादकीय

पुनर्निर्माणको प्रगति विवरण माग



जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरले स्थानीय तहलाई पुनर्निर्माणको प्रगति विवरण पठाउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई पुनर्निर्माण समन्वय समिति गठन गरी प्रत्येक महिना आ–आफ्नो तहको पुनर्निर्माणसम्बन्धी गतिविधिको प्रगति विवरण पठाउन निर्देशन दिएको हो ।

समितिमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाका प्रमुख अध्यक्ष, उपप्रमुखहरू उपाध्यक्ष रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल तथा अन्य व्यक्तिहरूलाई पनि आवश्यकताअनुसार बैठकमा आमन्त्रण गर्न सक्ने अधिकार दिइएको छ । आजको नयाँपत्रिका  दैनिकले छापेको छ ।