काठमाडौं, २७ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले फास्ट ट्रयाकको डीपीआर माघ दोस्रो हप्ता तयार हुने बताएका छन् ।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले भने ‘डीपीआरलाई औपचारिकता दिन ग्लोबल टेण्डरबाट कोरियाली कम्पनीलाई दिइसकिएको छ । उसले माघको दोस्रो हप्तामा कम्प्लिट गरेर दिन्छ’ ।
उनले भने ‘हाल एडीबीको फिजिबिलिटी स्टडी र सोही अनुसार भएको रेखांकनको आधारमा जग्गा अधिग्रहण गरिएको छ । ‘डिटेल इन्जिनियरिङ सर्वे र डिजाइनको कुरा त्यहीबाट प्राप्त भएको छ ।’
मन्त्रिपरिषदले २०७४ वैशाख २१ गते परामर्शदाता खरिद गर्न स्वीकृत दिने निर्णय गरेको भन्दै यसैको आधारमा फास्ट ट्रयाकको काम अघि बढाइएको उपप्रधानमन्त्री पोखरेल बताएका छन ।










प्रतिक्रिया दिनुहोस्