राजनीति

बेलाएत सरकारद्वारा नेपाललाई सहयोग गर्ने



काठमाडौं, २७  मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनालाई नेपालका लागि बेलाएतका राजदूत रिचर्ड मोरिसले आफूहरुले सघाएर काम गर्नका लागि तयार रहेको बताएका छन ।

बिहीबार उद्योग वाणिज्यसंघले मकवानपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले नेपालका सडक निर्माण र खानेपानीको क्षेत्रमा  काम गरिरहेको बताउदै नेपालमा एक हजार किलोमिटर सडक निर्माण गरिदिएको र अरु क्षेत्रमा पनि धेरै खालका काम भएको बताएका छन  ।

भूकम्पछिमात्रै बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको र प्रदेश तीनमा मात्र एक सय ३० किलोमिटर सडक निर्माण गरिएको राजदूत मोरिसले बताए ।