बाँके, २८ मंसिर । नेकपा प्रदेश नम्बर ५ कमिटीले बाँकेका ८ वटा स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ ।
बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिस अनुसार अध्यक्ष र सचिव चयन गरेको प्रदेश कमिटीले जनाएका छन । पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले तीन तहमा नेतृत्व पाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाको अध्यक्षमा डिल्ली बराल र सचिवमा दत्तप्रसाद आचार्य
कोहलपुर नगरपालिकाको अध्यक्षमा वसन्ती अधिकारी र सचिवमा तुलाराज बिष्ट
खजुरा गाउँपालिकाको अध्यक्षमा राजकुमार बिक र सचिवमा यामबहादुर महतारा
जानकी गाउँपालिकाको अध्यक्षमा पदम धिताल र सचिवमा नारायण गिरी
राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा चामबहादुर घर्ती र सचिवमा मनोज केसी
डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील अहमद खान र सचिवमा भोला यादव
बैजनाथ गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर चौधरी र सचिवमा मिरा कार्की
नरैनापुर गाउँपालिका कमिटीको अध्यक्षमा प्रमोद मिश्रा र सचिवमा मेराज खाँ चयन भएका छन् ।
अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्