एजेंसी, २९ मंसिर । भारतको कर्नाटकको चमराजनगर जिल्लामा किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को जनाको मृत्यु भएको छ ।
साथै दर्जनको स्थिती गम्भीर रहेको छ । उनिहरुलाई मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ ।
प्रसाद नखाने एक व्यक्तिले भने, ‘हामीलाई पूजापछि गोलभेंडा र भात खान दिइएको थियो । भात गन्हाइरहेको थियो । जसले यसलाई फ्याँके, उनीहरु ठिक छन् तर जसले यो खाए, उनीहरुलाई बान्ता हुन थाल्यो र पेट दुख्न थाल्यो ।’
बीबीसीका अनुसार प्रसाद खाने कागको समेत मृत्यु भएको छ । मृत्युको कारण किटनाशक हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्