बैतडी, २९ मंसिर । बैतडी दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।
महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको जनाएका छन ।
महिला स्वयंसेविकाहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।
गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन् ।
प्रतिक्रिया दिनुहोस्