काठमाडौँ, २९ मङ्सिर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै पनि कर्मचारीले काम नगरी तलब पचाउने प्रवृत्ति अब नचल्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा मन्त्री पण्डितले कर्मचारी समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताउनुभएको हो । उहाँले कर्मचारी अध्यादेश मार्फत कुन कार्यालय वा स्थानमा कति कर्मचारी आवश्यक छ भन्ने कुराको टुङ्गो लगाई सोही अनुसार तथा आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन गरिने जानकारी गराउनुभयो ।
उहाँले संघियता कार्यान्वयका क्रममा कर्मचारी व्यवस्थापन गर्ने क्रम केही ढिलाई भएको तर अब तीनै तहमा केही समयमै कर्मचारी समायोजन गर्नेसमेत जानकारी गराउनुभयो । उहाँले देशलाई विकसित तथा परिस्कृत गर्दै समृद्ध नेपाल सुखि नेपाली बनाउन सफलता गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म गर्छु र सक्छु भनेर योजनाका साथमा आउनुभयो भने काठमाडौं महानगर देशकै सबैभन्दा उत्कृष्ट महानगर हुनेछ, ‘सबैभन्दा बढी जनतालाई सेवा, विकास दिने महनगर हुने दिन आउँदैछ ।’










प्रतिक्रिया दिनुहोस्