काठमाडौँ, १ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिमा सरकार अघि बढिसको बताउँदै कोही कसैले सामान्तवाद पुनः फर्काउँछु भनेर परिकल्पना नगर्न चेतावनी दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, ‘बुर्जुवाहरु आफुलाई प्रजातान्त्रिक भन्छन्, दुनियाँभरका बुर्जुवाहरुलाई भन्न चाहान्छु मिलेर अध्यक्षता चलाउन सक्छौं, यो देखेर आश्चर्यचकित भएका छन् ।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र दुई अध्यक्षबीच झगडा लाउन सकिन्छ कि भनेर बाहिरि खेल शुरु भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘यहाँ लडाई झगडा केही लगाउन सकिन्छ भनेर प्रयास भएका हुन तर उनीहरुलाई म भन्न चाहन्छु दुईटा अध्यक्षको अभ्यास गर्नुहोस्, कसरी अगाडी बढ्छ । संविधानले मिल्दैन नभए दुईटा प्रधानमन्त्री पनि हुन बेर लाउदैन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार तथा नेकपाको सकंल्प भनेको पावर, अधिकार कब्जा गर्ने नभई देश बनाउने हो । रुपान्तरण ल्याउने हो । यी दुई अध्यक्षलाई भत्काउछु भनेर लाग्ने हो भने जिन्दगी जान्छ, बुढ्यौली लाग्छ ।’










प्रतिक्रिया दिनुहोस्