समाचार

आजबाट बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध



झापा, १ पौष । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न उदेश्यले जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म रोक लगाइएको हो ।

आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला प्रशासनले जनाएको छ  ।