काठमाडौँ, २ पौष । सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमार गर्ने सात जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।
सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिएका छन ।
सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरामा काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।
उनिहरुबाट ५०० नेपाली र भारु रु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ ।
उनिहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्